को हुन् देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर भविष्यवाणी गर्ने ज्योतिषी ?

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेको छ।

संसद विघटनलाई बदर गरेको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो।

 

योसँगै देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर भविष्यवाणी गर्ने ज्योतिषीको चर्चा सुरु भएको छ।

 

२०७४ कात्तिक ३० गते प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा धनगढीमा पत्रकारहरुसँग देउवाले आफूलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने भनेर ज्योतिषीले भनेको बताएका थिए।

 

खासमा त्यो भन्दा ठीक एकदिन अघि गोरखा पुगेका तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन्’

भन्दै ठोकुवा गरेका थिए। सोही विषयमा पत्रकारले प्रतिक्रिया माग्दा देउवाले ज्योतिषको प्रसंग निकालेका थिए।

 

उनले भनेका थिए ‘म अन्तिम प्रधानमन्त्री त भन्छु मैले। ज्योतिषीले भन्या भएर ७ पटक बन्नुहुन्छ भन्या छ मलाई अहिले।’

देउवाको उक्त दाबीले त्यतिबेला चर्चा नै पाएको थियो। तर पाँचौ पटक प्रधानमन्त्री बन्ने देउवाको आकांक्षा आजसम्म पुरा भएको थिएन।

अब भने मंगलबार उनी प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ।

उनलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालको कुरा केही मिल्ने जस्तै भएको छ।

यद्यपि सातपटक प्रधानमन्त्री बन्ने भनेको कुरा पूरा हुन्छ हुँदैन त्यो समयले बताउला तर पाँचौ पटक देउवा प्रधानमन्त्री हुन लागेको कुराले अहिले सामाजिक सञ्जाल तातेको छ।

को हुन् देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर भविष्यवाणी गर्ने ज्योतिषी ?

लापरबाही नगरौं

को हुन् देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर भविष्यवाणी गर्ने ज्योतिषी ?

मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा अझै

Leave a comment

Your email address will not be published. Required fields are marked *