खोलिबडगाउमा सिँचाई कुलो

प्रचण्ड खत्री
रुकुम पश्चिम, २८ फागुन ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ खोलिबडगाउका स्थानीयले ठुलो राशीको सिँचाई कुलो उपभोग गर्न पाउँने भएका छन् । धेरै बर्ष पछि उक्त गाउका स्थानीय उपभोग गर्न पाउने भएपछी स्थानीयमा खुसियाली छाएको छ । प्रदेश सभा सदस्य रातो कामीको संसद बिकास कोषको ४० लाख बजेटबाट निर्माण हुन लागेको निर्माण उपभोक्ता समितिका सचिब दिपेन्द्र केसीले बताए ।

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीको विशेष पहलमा उक्त्त योजना आएको बताएको छ । पूर्वाधार बिकास कार्यालयमा सम्झौता भई ५० प्रतिशत काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएका छन् । यस बर्ष भन्दा अगाडी धान रोपाई होस या अन्य बालि लगाउदा त्यहाका स्थानीयले दैनिक झाडा गरेर बालि लगाउने गरेका थिए । सिँचाई कुलो निर्माण भएपछी स्थानीयमा खुसीको सिमा नै नरहेको स्थानीय सुदिप केसीले बताए ।

एक महिना पछि सबै काम सक्ने गरी काम भैरहेको बताएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ३ को पानिछिर्नादेखि खोलिबडगाउ सम्म करिब ३ किलोमिटर सिचाई काम तीब्र गतिमा भैरहेको छ । कुलो निर्माण भएपछी समयमै धान रोपाई र अन्य बालि लगाउन सजिलो भएको स्थानीयको भनाई छ । उक्त कुलोको सिमेन्टको नहरदेखि पलस्तर काम भैरहेको छ । दैनिकी ३० जना मजदुरले काम गरिरहेका छन् ।

खोलिबडगाउमा सिँचाई कुलो

नेपाल केम्पो खुकुरी मार्शल आर्ट्सको कर्णाली भेला

कैलाश मानसरोवर दर्शन गर्न हुम्लामा पर्यटक

Leave a comment

Your email address will not be published. Required fields are marked *