नेपाल केम्पो खुकुरी मार्शल आर्ट्सको कर्णाली भेला

नन्दु खनाल
सुर्खेत, २८ फागुन ।
नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । शुक्रबार विरेन्द्रनगरमा आयोजित भेलाले आयुस सेजुवालको अध्यक्षता १८ सदस्यीय कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा धनिराम धमाला, आशा शाही, चक्रबहादुर सिजापती निर्विरोध चयन भएका छन् ।

त्यस्तै संघको सचिवलाई लालमणी धमाला र कोषाध्यक्षमा सुशील बुढालाई जिम्मेवारी दिईएको छ । संघको सदस्यहरुमा चाल्स डार्विन बन, राजेश बुढा, भिम रावल, शोमराज केसि, सागर पौडेल , सरस्वती सुनार, भवानी ढकाल, अस्मित बम, लक्ष्मीप्रसाद धमाला, चन्द्रप्रकाश मल्ल, पवन पौडेल र जलशा बुढा निर्विरोध चयन हुनुभएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास दल रावलले केम्पो खुकुरी मार्शल आर्ट्स कर्णालीको मौलिक खेलसङ्ग जोडिने खेल भएकोले यसको विकासको लागि प्रदेश सरकारले योजना बनाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संघका केन्द्र अध्यक्ष पुर्ण पाण्डेले यश खेलको विकासको लागि सात वटै प्रदेशमा कवड हल निर्माण गरि प्रत्येक जिल्लामा प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।

उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा यस खेललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याई खेल जगतमा नेपालको शिर अझै उच्च राख्ने बताए । कार्यक्रममा नेकपा एमाले सुर्खेतका सचीव मोहन बडुवालले खेल क्षेत्रको विकासको आफुले सक्दो सहयोग गर्ने धारणा राख्नुभयो । कार्यक्रममा कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल, संघका केन्द्रिय उपाध्यक्ष निरज पाण्डे, गोरख शाही, रेफ्री अम्र चन्द लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल केम्पो खुकुरी मार्शल आर्ट्सको कर्णाली भेला

YUGAAWHAN NATIONAL DAILY (2077-11-28)

नेपाल केम्पो खुकुरी मार्शल आर्ट्सको कर्णाली भेला

खोलिबडगाउमा सिँचाई कुलो

Leave a comment

Your email address will not be published. Required fields are marked *