सुर्खेत, २८ फागुन ।
सिम्ताको पर्यटकिय स्थल कोटको थुम्को परिसरमा महाशिवरात्री मेलाका अवसरमा महाशिवरात्रि महोत्सव-२०७७ संचालन गरिएको छ । फागुन २७ विहिवारदेखि तीनदिनसम्म चल्ने गरी उक्त महोत्सवको आयोजना गरिएको हो । बिहीवार कणर्ाली प्रदेशका उद्योग, वन, तथा वातावरण मन्त्री नन्दसिंह बुढाले एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका थिए ।
सिम्ता गाउँपालिका ४ मा रहेको धार्मिक र पर्यटकिय हिसावले महत्वपूर्ण मानिएको कोटेश्वर मन्दिर (कोटको थुम्को) को प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा हजारौं भक्तजनको उपस्थिती रहेको थियो ।
कोटेश्वर विकास समिति, सिम्ता गाउँपालिका, सिम्ता खेलकुद विकास समिति, कोटेश्वर युवा क्लब र सिम्ताली एकता समाजको आयोजना तथा समन्वयमा हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमसमेत संचालन हुनेछन् ।









