‘चुनौतीलाई चिर्न सके सफलता टाढा रहेनछैन्

मानिसका धेरै सपना हुन्छन् । कतिपय देखेर र कतिपय सुनेर पनि सपनाहरु बुनिन्छन् । यहीक्रममा गन्तव्य पहिल्याउन कयौं अन्यौंलता उत्पन्न हुन्छ । ति अन्यौलता र अवरोधहरुलाई पन्छाउदै जाने व्यक्ती जीवनमा सफल हुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ (साविकको जर्बुटा गाविस) करैखोलामा जन्मिएकी गंगिसरा सारुले आफु पढेर ठुलो मान्छे बन्ने 

लक्ष्य लिइन् । उनी प्राविधिक शिक्षा पढ्ने लक्ष्य राखेकी थिइन् ।तर आर्थिक अवस्था कमजोर भएका कारण त्यो लाइन छोडेर उनी शिक्षक पेशामा लागिन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै सारुसँग भलाकुसारी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश ः
सानैदेखि पढाइमा मेहनती
बुवा दिलबहादुर सारु र आमा चन्द्रकली सारुको कोखबाट २०३९ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३ करैखोलामा जन्मिएकी गंगिसराको बाल्यकाल दुखदायी रुपमा वित्यो । खगिसरा ७ बर्षको हुँदा उनको आमा वितिन् । आमा नहुँदा घर

कस्तो हुन्छ ? यो प्रश्नको जवाफ सबैले सहजसँग दिन सक्छन् । घरको आर्थिक अवस्था पनि त्यती राम्रो थिएन । यस्तो अवस्थामा गंगिसराको बाल्यकाल दुखमा नै वित्यो । तर उनी सानैदेखि मेहनती र पढाइमा चासो दिन्थिन् । बाल्यकालदेखि नै आफु शिक्षक भएर राम्रो शिक्षा दिनुपर्छ भन्ने सोच्ने गर्थिन् । जसरी भए पनि पढ्नुपर्छ भन्ने सोच्थिन् ।
पढ्दै र पढाउँदै
गंगिसराले एसएलसीसम्म नेपाल राष्ट्रिय माध्यामिक विद्यालय करैखोलामा पढिन् । २०५९ सालमा एसएलसी पास भएपछि उनी प्लसटु पढ्न वीरेन्द्रनगरको अमरज्योती माध्यामिक विद्यालयमा भर्ना भइन् । प्लस टु पढ्दै निजी विद्यालयमा पढाउँदै उनले आफ्नो खर्च आफै निकाल्थिन् । २०६१ सालमा उनले प्लस टु पनि पास गरिन् । र २०६२ सालमा उनी शिक्षा क्याम्पसमा

विएड भर्ना भइन् र सानो कक्षामा आफैले पढेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय करैखोलामा निजी स्रोतको शिक्षक भएर काम गरिन् । उनले पढाइलाई भने निरन्तरता दिइ रहिन् । उनी दरबन्दीको शिक्षक हुँदै २०७१ सालमा ठुलो संघर्षपछि स्थायी शिक्षकको रुपमा नियुक्त भइन् । शुरुमा उनी हिमालय मावि चोल्पामा गएर पढाइन् । अहिले उनी प्रभात मावि कोलडाँडा सुर्खेतमा प्रधानाध्यापकको रुपमा कार्यरत छन् ।
जीवनमा धेरै संघर्ष
सानैमा आमाको निधन भएपछि उनको जीवन संघर्षमय भयो । उनी अहिले दुखमा रमाउने अभ्यस्त भइसकेकी छन् । घरको आर्थिक अवस्था कमजोर थियो । दाईले कमाएको पैसाले घर खर्च टार्न ठिक्क हुन्थ्यो । उनी घरको काम गर्दै एकसरो कपडाले बर्षदिन बनाएर पढाइमा आफ्नो लगाव र ध्यान केन्द्रीत गरिरहिन् । उनको दाईको बिवाहपछि उनलाई पढाइलाई

निरन्तरता दिन केही सहज भयो । गंगिसराको दाईले बहिनीलाई जसरी भए पनि पढाउछु भनेपछि उनलाई पढाइप्रतिको लगाव अझ बढ्दै गयो । घरको सबै काम गरेर उनी विद्यालय जान्थिन् । एसएलसी पास भएपछि उनी एउटा नीजि विद्यालयमा काम गर्ने अवसर पाइन् । काम गर्दै पढ्दै उनले आफ्नो जीवनको यात्रालाई कायम राखि रहिन् । उनले आफ्नो सानोतिनो जागिरी गर्दै आफ्नो पढाइ खर्च निकाल्थिन् । उनीले जीवनमा ठुलो संघर्षपछि सफलता प्राप्त गरिन् । उनी भन्छिन, ‘जीवनलाई संघर्षमय बनाउन सके सफलता एकदिन अवश्य प्राप्त गर्न सकिदो रहेछ, मेरो अनुभवले त्यही भन्छ ।’
बाल्यकालमा घरको काम
गंगिसराले घरको घाँस, दाउरा काट्दै पढाइलाई निरन्तरता दिइन् । घरको आर्थिक अवस्था पनि त्यती राम्रो थिएन । उनको बुवा कृषि गर्थे । बाल्यकालमा अल्लि छुच्चो स्वभावको हुँदा अन्य गाउँका मानिसहरुले त्यती रुचाउदैन्थे । उनी मेहनती भने धेरै गर्थिन् । अरुको निर्णयमा काम गर्नेभन्दा आफ्नै निर्णयले काम गर्ने हुँदा विद्यालयका शिक्षकहरुले भने धेरै मन पराउँथे । उनी साना दिनहरुमा साथीहरुसँग खेल्ने तर अफुले खेल जित्नैपर्ने उनको स्वभाव थियो । उनी त्यतीबेलादेखि नै अवसर पाएपछि पुरा गर्ने स्वभावकी थिइन् ।
परिवारको साथ
गंगिसरालाई पढ्नुपर्छ भनेर बुवाले र दाइले भन्नुहुन्थ्यो । बुवाले पढाउन नसके पनि मैले पढाउछु भनेर उनको दाइले हौसला दिन्थे । उनलाई पढाउने शिक्षकहरुले पनि उनको पढाइमा मेहनत देखेर प्रेरणा दिन्थे । गंगिसरा एसएलसीपछि प्राविधिक शिक्षा पढ्न चाहान्थिन् । तर आर्थिक अवस्थाका कारण उनी शिक्षक बन्न पुगिन् । उनी यो पेशामा पनि अहिले खुशी छन् ।

उनको बिवाहपछि श्रीमान्ले पनि उनलाई पढाइमा ध्यान दिनेगरी वातावरण तयार गरिदिएका थिए । उनले अहिले आफ्नो बुवा दाई र श्रीमान्को प्रेरणाले नै आफु यहाँसम्म आएको बताउँछिन् । त्यती मात्र नभएर उनका गुरुहरुको हौसलाले पनि उनले सफलता प्राप्त गर्न सकेकी हुन् । उनको परिवार अहिले सुखशान्तिले जीवन विताइरहेको छ ।
भावी योजना
उनी स्थायी शिक्षण पेशामा प्रवेश गरेको ६ बर्ष भयो । अहिले नै उनले भावी योजना त बनाइसकेकी छैनन् । तर पनि उनले शिक्षाबाट कोही पनि वञ्चित नहुन भन्ने सोच बनाउछिन् । उनले भावी दिनमा समाजका गरिबीको रेखामुनी रहेका बालबालिकाहरुलाई शिक्षा सहयोग गर्ने योजना बनाएकी छन् । उनले समाज रुपमान्तरणका लागि आफुले आफुले काम गर्ने योजना बनाएकी छन् । अहिले पनि उनले समाजिक कामलाई महत्वका साथ चासो दिने गर्छिन् ।

‘चुनौतीलाई चिर्न सके सफलता टाढा रहेनछैन्

तर सहमति कार्यान्वय हुनेमा भने ढुक्क छैनन्

आहा ! मनै लोभ्याउने कोटको थुम्को (फोटो

Leave a comment

Your email address will not be published. Required fields are marked *