गाउँमा पहिलो पटक गाडी पुग्दा…

जुम्ला, २८ फागुन ।
विकटका बस्तीमा गाडी पुगेपछि स्थानीय बासिन्दाहरुले खुसीयाली मनाएका छन् । गाउँपालिकाको वडासम्म सडक निर्माण कार्य सम्पन्न भएर पहिलो पटक गाउँमा गाडी पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका हुन् । हुम्लाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ४ को गोठेलबाडा गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीय रुपधन 
सार्कीको खुसीको सीमा छैन। यसरी आफ्नो गाउँमा यति चाँडै गाडी आइपुग्ला भन्ने नसोचेको उनले बताइन् । दुई वटा गाडी एक साथ गाउँ प्रवेश गरेपछि उनले रातो अक्षेता बनाएर चालक तथा यात्रुलाई लगाएर खुसी साँटेका थिइन् । ६५ वर्षकी सार्कीले आफ्नो पालामा गाडी घरकै आँगनमा आउला भन्ने नसोचेको बताए । अब
उनको गाउँ पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । २२ जना यात्रुसहित दुई ओटा गाडी आइपुगेपछि खुसीले गदगद भएको अर्का स्थानीय लालधन जैशीले बताइन् । गाडी आइपुगेपछि गाउँको वातावरण नै बेग्लै भएको उनको भनाइ छ ।






