९७ वर्षका जिम्मी कार्टरले मनाए विवाहको ७५ औं वर्षगाँठ

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर र उनकी पत्नी रोजालिन कार्टरले हालै आफ्नो विवाहको ७५ औं वार्षिकोत्सव मनाएका छन्।
अमेरिकाको खुला र व्यक्तिवादी समाजमा यति लामो दाम्पत्य जीवन टिक्नुलाई निकै दूर्लभ मानिएको छ।
हाल ९७ वर्षका जिम्मी कार्टर र ९४ वर्षकी रोजालिन कार्टरले सन् १९४६ मा विवाह गरेका थिए। सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति रहेका कार्टरले इरान अपहरण काण्डको असफलताले सन् १९८० को राष्ट्रपति चुनाव हारेका थिए।
राजनीतिको असफलतापछि उनी मानवाधिकारका क्षेत्रमा कार्यरत छन् ।






