ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २०० भन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको छ। सरकारी तथ्यांकअनुसार एकै दिनमा १ हजार २०५ जनाको संक्रमणबाट ज्यान गएको हो।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जानेको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार २४ घन्टामा ४८ हजार जना भन्दा बढी व्यक्ति संक्रमित भेटिएका छन्।

यो सँगै ब्राजिलमा कुल १ करोड ९० लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित पुगेका छन्। स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा २५३ जनाको मृत्यु भएको बताइएको छ।

यो मृत्युको दर गएका केही महिनाअघि मात्र हेर्दा प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको थियो।

ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसिमले केन्द्रबिन्दुको रूपमा पाइएको छ। शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन्। ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका छन्।

ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २०० भन्दा बढीको मृत्यु

भारतमा थप ४१ हजार संक्रमित

ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २०० भन्दा बढीको मृत्यु

९७ वर्षका जिम्मी कार्टरले मनाए विवाहको ७५

Leave a comment

Your email address will not be published. Required fields are marked *