भारतमा थप ४१ हजार संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी संक्रमित भएका छन्।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितको संख्या चार लाख ५४ हजार ११८ रहेको छ।

अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या कुल संक्रमितको संख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाको कुल संख्या चार लाख आठ हजार ४० पुगेको छ। संक्रमणमुक्त भएकाहरूको संख्या भारतमा दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ।

ती मध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित मध्ये अहिलेसम्म ९७.२० प्रतिशत संक्रमण मुक्त भएका छन्।

भारतमा थप ४१ हजार संक्रमित

‘मार्नुअघि मेरा श्रीमानलाई एक शब्द पनि बोल्न

भारतमा थप ४१ हजार संक्रमित

ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २००

Leave a comment

Your email address will not be published. Required fields are marked *