‘मार्नुअघि मेरा श्रीमानलाई एक शब्द पनि बोल्न दिएनन्’

एजेन्सी ।  हैटीका राष्ट्रपति जोवेनेल मोइजकी पत्नीले आफ्ना श्रीमानलाई एक शब्द पनि बोल्न नदिइ हत्या गरिएको बताएकी छिन्।

राष्ट्रपति मोइजको गत मंगलबार राति निवासमै हत्या भएको थियो। सो क्रममा हतियारधारी समूहले उनकी पत्नी मार्टिन मोइज पनि गम्भीर घाइते भएकी थिइन्।

हाल उपचाररत उनले हत्याबारे पहिलोपटक बताएकी हुन्। उनले भनेकी छिन्, ‘हत्याराहरूले मेरो श्रीमानलाई एक शब्द बोल्न पनि दिएनन्, निर्ममतापूर्वक मारिदिए।’

जुलाई ७ को रात विदेशी २८ जना भाडाका सैनिकले राष्ट्रपति मोइजको हत्या गरेका थिए। मोइज हैटीमा अहिलेसम्म मारिएकामध्ये छैटौं राष्ट्रपति हुन्।

राष्ट्रपति नै मारिएपछि हैटीका अधिकारीहरूले त्यहाँ सुरक्षा व्यवस्था कायम राख्न विदेशी सैनिक आमन्त्रण गरेका छन्। तर, संयुक्त राष्ट्रसंघ र अमेरिकाले सो प्रस्ताव अस्वीकार गरिदिएको छ।

हैटी उत्तर र दक्षिण अमेरिकाबीच रहेको क्यारेबियन क्षेत्रमा पर्ने मुलुक हो।

‘मार्नुअघि मेरा श्रीमानलाई एक शब्द पनि बोल्न दिएनन्’

इथियोपिया निर्वाचन : प्रधानमन्त्री अबी भारी बहुमतका

‘मार्नुअघि मेरा श्रीमानलाई एक शब्द पनि बोल्न दिएनन्’

भारतमा थप ४१ हजार संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *