इथियोपिया निर्वाचन : प्रधानमन्त्री अबी भारी बहुमतका साथ विजयी

एजेन्सी । इथियोपियाको आम निर्वाचनमा प्रधानमन्त्री अबी अहमद भारी बहुमतका साथ विजयी भएका छन्। ढिला गरी भएको चुनावमा अहमदले भारी बहुमत प्राप्त गरेको त्यहाँको निर्वाचन बोर्डले जनाएको छ।

बोर्डका अनुसार अबीले ४ सय ३६ मध्ये ४ सय १० सिट जितेका छन्। योसँगै प्रधानमन्त्री अबी अब थप ५ वर्ष देशको नेतृत्वमा रहने छन्। यद्यपि इथियोपियाको केही भागमा जारी तनावका कारण ठूलो संख्या मतदानमा सहभागी हुन पाएको छैन।

द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा मतदान भएको छैन। त्यहाँ जारी तनावमा हजारौं सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन्। छुटेका केही निर्वाचन क्षेत्रमा आगामी सेप्टेम्बर ६ मा चुनाव हुने भनिए पनि टिग्रेमा चुनाव हुने निश्चित नभएको अधिकारीहरुले जनाएका छन्।

इथियोपियामा कोरोना भाइरसको महामारीका कारण यसअघि चुनावको मिति सर्दै आएको थियो। अबीले आगामी अक्टोबरमा नयाँ सरकार बनाउने बताइएको छ।

इथियोपिया निर्वाचन : प्रधानमन्त्री अबी भारी बहुमतका साथ विजयी

तालिबान अघिअघि, भारत पछिपछि

इथियोपिया निर्वाचन : प्रधानमन्त्री अबी भारी बहुमतका साथ विजयी

‘मार्नुअघि मेरा श्रीमानलाई एक शब्द पनि बोल्न

Leave a comment

Your email address will not be published. Required fields are marked *