सेयर बजारमा हरियाली छायो, नेप्से ७४.७१ अंकले वृद्धि

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। पछिल्लो समय लगातार घटिरहेको बजारमा आइतबार भने हरियाली छाएको हो। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९८ दशमलव ४३ अंकमा पुगेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३।७७ अंकले बढेर ५४३।४३ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन वित्त समूह सर्वाधिक ८.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ८.२९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.४१ प्रतिशत, जलविद्युत समूहमा २.८८ प्रतिशत, लगानी समूहमा २.६८ प्रतिशत, जीवन बीमा समूहमा २.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १।५७ प्रतिशत, लघुवित्त समूहमा २.५७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा २।७२ प्रतिशत, अन्य समूहमा ०.४२ प्रतिशत र व्यापार समूहमा ०.९४ प्रतिशतले वृद्धि भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आइतबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २५ कम्पनीका तीन करोड १५ लाख ८८ हजार आठ सय ५० कित्ता सेयर आठ अर्ब ६ करोड १३ लाख ८२ हजार चार सय ९६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन एनआईस एसिया बैंकको सर्वाधिक ३९ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २५ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँ, निफ्राको १८ करोड ७८ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको १७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस्तै हिमालयन डिस्टिलरीको १७ करोड ६२ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड ४३ लाख रुपैयाँ, ज्योति विकास बैंकको १७ करोड १२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ५८ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको १५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आइतबार २२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। गोर्खाज, श्री इन्भेस्टमेन्ट र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, समृद्धि फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, हिमालय दोलखा हाइड्रोपावर, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र बेस्ट फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यस्तै पोजेटिभ सर्किट लागेका अन्य कम्पनीहरुमा , कर्णाली डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स रहेको छ। यस्तै कामना सेवा विकास बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सार्वधिक गुमाए। यो बैंकको सेयरमूल्य चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। कारोबार रकम र नेप्से बढ्नुले बजारमा असार मसान्तको प्रेसर सकिएको अनुमान गर्न सकिने सेयरबजारका जानकारहरु बताउछन्।

सेयर बजारमा हरियाली छायो, नेप्से ७४.७१ अंकले वृद्धि

९७ वर्षका जिम्मी कार्टरले मनाए विवाहको ७५

सेयर बजारमा हरियाली छायो, नेप्से ७४.७१ अंकले वृद्धि

अमेरिकाबाट आउँदै जोनसन एन्ड जोनसन खोप, यी

Leave a comment

Your email address will not be published. Required fields are marked *