डोजरे विकासले पहिरोको जोखिम

कालिकोट । जिल्लाका स्थानीय तहले सडक निर्माणमा जथाभावी डोजरको प्रयोग गर्न थालेका छन् । जसले गर्दा जहाँ सडक निर्माण भएको छ, त्यहाँ पहिरो जाने समस्या छ । हरेक बर्ष बर्षायाम सुरु हुनासाथ डोजरले खनिएका सडकहरु पहिरोका कारण भत्किने गरेका हुन् ।

डोजरे विकासले पहिरोको जोखिम बढेपछि स्थानीयहरु त्रसित बनेका हुन् । जिल्लाको पचालझरना गाँउपालिका वडा नं. ८ लामाचौरमा ठुलो पहिरो खसेको छ । जहाँ एउटा बस्ती नै जाखिममा परेको छ । सामुदायिक वनमा लगाइएका सयौँ विरुवाहरु मरेका छन् । स्थानीय जगत गिरीले सामुदायिक वनको बीचबाट रुख मासेर डोजरले सडक खनिएका कारण अहिले लगातार पहिरो गइरहेको बताए ।

पहिरोका कारण स्थानीयले रातको समयमा निदाउन पाएका छैनन् । दाँहाँमा पहिरो जाँदा बजारबाट फर्किदै गरेका बले विकको ज्यान गयो । उक्त पहिरो पनि सडकमै खसेको थियो । जहाँ बर्षेनी पहिरो खस्ने र डोजरले पुन सडक संचालनमा ल्याउने काम हुँदै आएको थियो ।

गत आर्थिक बर्षमा मात्र जिल्लामा पहिरोबाट ५१ जनाले ज्यान गुमाए । अधिकांश स्थानीय तहमा डोजरबाट डोजरले खनिएको सडकको आसपासबाट पहिरो खसेको थियो । यसबर्ष पनि बाढी र पहिलोको जोखिम निकै बढेको छ । अविरल बर्षाका कारण जिल्लाभरी स्थानीय सडकहरु पहिरोका कारण अवरुद्ध छन् । करोडौँ खर्चेर बनाएका सडकहरुमा मोटरसाइकल पनि गुडाउन सकिने अवस्थामा छैन ।

जिल्लामा बर्षेनी पहिरोको जोखिम बढ्नुमा डोजरे विकास र भिरालो जमिन मुख्य कारण भएको प्राविधिकहरु बताउँछन् । अर्कोतर्फ स्थानीय तहले वातावरणिय प्रभाव मुल्यांकन विना धमाधम डोजरबाट सडक खन्ने गरेका छन् । कालिकोटका निमित्त समन्वय अधिकारी इन्जीनियर चक्रबहादुर शाहीले स्थानीय तहले अव्यवस्थित रुपमा धमाधम डोजरबाट सडक खन्दा पहिरोको जोखिम बढकोे बताए ।

जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनीपाल शाहीले जनप्रतिनिधिहरुलाई तत्काल गाँउगाँउमा गाडी गुडाउने रहरका कारण जहाँ पनि डोजर प्रयोग गर्दा पहिरोको समस्या आएको बताए । जिल्लाका हरेका पालिकामा सडकको आसपासका बस्तीहरु सबै पहिरोको उच्च जोखिममा छन् । कतिपय ठाँउमा भने कल्पना नगरेको स्थानमा पनि पहिरो खसेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बाढी र पहिरोको जोखिमलाई मध्यनजर गरी पुर्वतायरी गरिरहेको बताए । जिल्लाका एकसय आठ वटा बस्ती विपद्को उच्च जोखिममा रहेको पाइएको छ । कर्णाली विकास आयोगले २०७३ सालमा निकालेको प्रतिवेदन अनुसार कालिकोटका एक सय ८ वटा बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको हो । ती बस्तिहरुलाई सुरक्षित बनाउन स्थानीयदेखी संघिय सरकारसम्म कसैले पनि चासो देखाएका छैन्न ।

 

डोजरे विकासले पहिरोको जोखिम

थप १८३१ जनामा कोरोना संक्रमण, २० जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *