प्रशासकीय प्रमूख सिंहद्वारा एक लाखकाे अक्षकोष स्थापना गर्ने घोषणा

जाजरकाेट । जाजरकोटकाे नलगाड नगरपालिका काप्रमूख प्रशासकीय प्रमूख सुरेन्द्र सिंहले एक लाख एक हजार एकसय ११ रुपैंयाको अक्षकोष खडा गर्ने घोषणा गरेका छन्।

आफ्नो ३४ औं जन्मदिनको अवशरमा प्रमूख सिंहले आफू कार्यरत नलगाड नगरपालिका-४ स्थित श्री जनता प्राथमिक विद्यालय पिपलचौरमा अक्षकोष खडा गर्ने घोषणा गरेका हुन्।

जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा प्रमूख सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममाया हमाललाई अक्षकोष सञ्चालनार्थ चेक समेत हस्तान्तरण गरेका छन् ।

आफू ठूलो दुःख कष्ट गरेर यहाँ सम्म आइपुगेको भन्दै प्रमूख सिंहले अपागता भएका तर विद्यालय शिक्षाबाजट वञ्चित भएका वालवालिकाको लागि अक्ष्यकोषबाट छात्रवृत्ति प्रदान गरिने उदेश्य राखेको बताए । उनले भने ’मैले शिक्षा पाएँ र यो स्थानमा छु, कसैले पनि शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु नपरोस्, मेरो यो सानो प्रयासले गरिब, विपन्न तथा फरक क्षमता भएका वालवालिकामा सहयोग होस् भन्ने मेरो इच्क्षा छ।’

आफ्ना बुबा दुर्गा सिंह र माता सुसिला सिंहको नामबाट दुर्गा सुसिला छात्रवृत्ति अक्षकोष स्थापना गरेको घोषणा गर्दै उनले यसबाट प्रत्येक वर्ष गरिव, विपन्न तथा फरक क्षमता भएका वालवालिकालाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

प्रशासकीय प्रमूख सिंहद्वारा एक लाखकाे अक्षकोष स्थापना गर्ने घोषणा

दुर्लभ गरुड भेटिए

प्रशासकीय प्रमूख सिंहद्वारा एक लाखकाे अक्षकोष स्थापना गर्ने घोषणा

डोजरे विकासले पहिरोको जोखिम

Leave a comment

Your email address will not be published. Required fields are marked *