अख्तियारले मनायो स्थापना दिवस

सुर्खेत, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार आफ्नो ३० औ स्थापना दिवस मनाएको छ । सोही अवसरमा अख्तियारको सुर्खेत कार्यालयले पनि औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आयोगले थुप्रै नमूना काम गरेको बताए । भ्रष्टाचार विकासको दुस्मन रहेको तर्क गर्दै उनले भष्टाचारविरुद्ध आमनागरिक सक्रिय हुनुपर्ने तर्क गरे । भ्रष्टाचार रोकथामका लागि राजनीतिज्ञ, कर्मचारी र आमनागरिको सक्रिय सहभागीतमा हुनुपर्ने उनको भनाइ थियो। त्यस्तै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले असल नागरिकको आचारणले नै भ्रष्टाचारको अन्त्य गर्न सकिने तर्क गरे । धनी बन्नुपर्छ भन्ने व्यक्तिको मनोविज्ञानका कारण नै देशमा भ्रष्टाचार मौलाएको उनको भनाइ थियो । 
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार राजनीतिको शिकार हुनबाट बच्नुपर्ने धारणा राखे । अख्तियारलाई संस्थालाई प्रभावकारी भएमात्रै देशमा विकासले काँचुली फेर्ने र मुलुकमा सुशासन काय हुने उनको भनाइ थियो । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले समाज भ्रष्टाचा विरुद्ध लड्न सक्ने अवस्था आएमात्रै सभ्य समाज निमार्ण गर्न सकिने बताए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतका निमित्त प्रमुख रमेश गौतमले भ्रष्टाचार न्युनिकरणका लागि आम नागरिकको सहयोगले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए ।






