दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प

२९ माघ, । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएपछि त्यसको धक्का न्युजिल्याण्ड र इण्डोनेसियासम्म पुगेको छ । बुधबार दक्षिण प्रशान्त महासागरमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।बुधबार साँझ नै भूकम्प गएपनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन् । 
समून्द्रमा भूकम्प गएकाले त्यसको असर ठूलो नदेखिएको अनुमान गरिएको हो । यद्यपी सुनामी आएपछि मात्रै प्रशान्त महासागरमा भूकम्प गएको थाहा भएको हो ।अष्ट्रेलियामा समुन्द्री तटमा साना सुनामी आएपछि भूकम्प गएको पुष्टि भएको हो । भूकम्प शक्तिशाली भएकाले ठूलो सुनामीको चेतावनी दिइएको छ । भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३ फुट माथिसम्म आउन सक्ने चेतावनी अमेरिकी सुनामी चेतावनी केन्द्रले दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।






