दिलिप कुमारको निधन भएको दिन नीतू कपुरले मनाइन् जन्मदिन, कमाल खानले सोधे, ‘उनको पनि इज्जत छैन भने कसको ?’

एजेन्सी । बलिउड सेलिब्रिटीमा धेरैजसो असंवेदहीन भएको आरोप लाग्ने गर्छ किनभने उनीहरु आफूले नै यस्ता धेरै क्रियाकलाप गर्ने गर्छन् ।ताजा घटना दिलिप कुमारको निधनसँग सम्बन्धित छ ।

भारतका थुप्रै मानिस दिलिप कुमारको निधनमा शोकाकूल थिए तर त्यसै दिन नीतू कपुरले आफ्नो जन्मदिनको पार्टी आयोजना गरिन्, यसको फोटो सोसल मिडियामा पनि भाइरल भए । यो संवेदनहीनतामा कमाल खानले प्रश्न उठाएका छन् ।

प्रश्न यो कि इज्जत कसको ?

कमाले पोस्टमा लेखेका छन्, ‘बिहान दिलिप कुमार साहबको निधन भयो ! बेलुका करिब ५ बजे अन्त्येष्टि गरियो । र राती ९ बजे बलिउडले नीतू कपुरजीको जन्मदिनको पार्टीको मजा लियो ।

मैले नितू जी गलत हुनुहुन्छ भनेर भन्न खोजेको होइन वा उनको आफ्नो जन्मदिन मनाउन हुँदैन पनि भन्न खोजिएको होइन । तर यदि दिलिप साहबका लागि इज्जत छैन भने अरु कसको इज्जत छ ?’

दिलिप कुमारको निधन भएको दिन नीतू कपुरले मनाइन् जन्मदिन, कमाल खानले सोधे, ‘उनको पनि इज्जत छैन भने कसको ?’

अनन्तले ल्याए फिल्म ‘कुमारी’

दिलिप कुमारको निधन भएको दिन नीतू कपुरले मनाइन् जन्मदिन, कमाल खानले सोधे, ‘उनको पनि इज्जत छैन भने कसको ?’

‘फाइटर’मा ऋतिक र दीपिका

Leave a comment

Your email address will not be published. Required fields are marked *