अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर) मा भिडियो पोस्ट गरेका छन् ।

ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ ।

कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् ।

 

प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।

भिडियोमा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् ।

मालतीले भनेकी छिन्–‘हामीलाई धम्की दिएका छन् ।’

रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका छन् ।

अन्तरजातीय विवाहका कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।

दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् ।

घटनाबारे जानकारी नभएको कैलालीका एसपी विश्व अधिकारीले बताए ।

अधिकारीले भने–‘अहिलेसम्म घटना जानकारीमा थिएन, यसबारे बुझेर अनुसन्धान अगाडी बढाउँछु ।’

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल

६ महिना देखि तलव नपाएकाे भन्दै बनगाडका

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल

बंगलादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *