६ महिना देखि तलव नपाएकाे भन्दै बनगाडका कर्मचारीहरु आन्दोलित

दुर्गा विसि 

सल्यान । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडाहरुमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका छन् । ती कर्मचारीले ६ महिना देखि तलव खान पाइरहेका छैनन् ।

सरकारको निति र पत्रअनुरुप ६ महिना अघि नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई नितिविपरित तलव खुलाउन नसकिने भनेर निर्णय समेत गर्यो । तर उनिहरुलाइ कामकाजमा नलगाउने भन्ने पत्र नदिदा उनिहरु वडाको कामकाजमै खटिए ।

नत उनिहरुलाइ हटाएको पत्र दियो नत तलव भत्ताको व्यवस्थापन गर्यो । हाल आएर नगरका करार कर्मचारीलाई घरन घाटको वनाएको छ । करार कर्मचारी विगत लामो समय देखि गाविस हुदै कर्मचारी अभावमा वडा धानिरहेका र उक्त आन्दोलनका संयोजक डिल्ली विकका अनुसार नगरले कार्यविधि वनाएर वेरोजगारलाइ रोजगार बनाउने सरकार नीति हुदाहुदै समेत आफुहरुलाइ स्थानीय तहले वेरोगार वनाउन लागेको दुखेसो पोखे ।

आफुहरुको जागिर सुनिश्चित गरिदिन बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमारलाइ ध्यानाकर्षण पत्र समेत पेश गरेको संघर्ष समितिका संयोजक विकको भनाइ रहेको छ ।गाविस हुदै १८ वर्ष देखि कामकाजमा खटिदै आएका ती कर्मचारीहरु भने अहिले आएर ठुलो विच्चलिमा परेका छ ।

उर्जा र समय हुदा तेहि क्षेत्रमा समय वेतित गरेका ती कर्मचारी हाल आएर नगरपालिकाले करार सम्झौतासँगै तलव नखुवाउदा उनिहरु संकटमा परेका छन् ।यो नगरमा हालसम्म १२ जना त्यस्ता पुराना कर्मचारी रहेका छन् ।तर तलव नपाउदा पनि उनिहरु कामकाजमै खटिएका छन् ।

६ महिना देखि तलव नपाएकाे भन्दै बनगाडका कर्मचारीहरु आन्दोलित

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती,

Leave a comment

Your email address will not be published. Required fields are marked *