अगस्ट अन्त्यसम्म अफगानिस्तानबाट सबै सेना फिर्ता हुन्छन् : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आगामी ३१ अगस्टसम्म अमेरिकी सैनिक फिर्ता भइसक्ने बताएका छन्।

अफगानी नागरिकको जीवन रक्षाका लागिसमेत अमेरिकी अभियान समाप्त गर्न लागिएको उनको भनाइ छ। तालिबान विद्रोही समूहले अफगानिस्तानका अधिकांश क्षेत्रमा नियन्त्रण जमाइरहेको समयमा अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्ति आएको हो।

सन् २००१ को ११ सेप्टेम्बरमा भएको आतंककारी आक्रमणपछि अमेरिकी सेनाले लगभग २० वर्ष अफगानिस्तानमा लडाइँ गरेको छ। यसै वर्षको सुरुवातमा राष्ट्रपति बाइडेनले २०२१ को सेप्टेम्बर ११ सम्म सबै अमेरिकी सैनिक फर्किने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसअघि तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले २०२१ को मे महिनासम्म अमेरिकी सैनिक फिर्ता हुने प्रतिबद्धता तालिबानसँग गरेका थिए। तर राष्ट्रपतिका रुपमा पद सम्हालेपछि बाइडेनले सैनिक फिर्ताको म्याद थप गरेका थिए। बाइडेनले ह्वाइट हाउसमा गरेको सम्बोधनमा अझै एक वर्ष अमेरिकी सैनिक अफगानिस्तानमा रहे पनि कुनै समाधान ननिस्किने भन्दै बरु अनिश्चित लडाइँ जारी रहनेमा उनको चिन्ता थियो।

अमेरिकाले आफ्नो सबै सैनिक फिर्ता गर्ने भनिए पनि काबुल विमानस्थल, प्रमुख सरकारी कार्यालयहरु तथा अमेरिकी दूतावासको सुरक्षाका लागि साढे ६ सयदेखि १ हजार सैनिक अफगानिस्तानमै राख्ने तयारी गरेको छ। तालिबानले भने सम्पूर्ण सैनिक फिर्ता गर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ।

अगस्ट अन्त्यसम्म अफगानिस्तानबाट सबै सेना फिर्ता हुन्छन् : बाइडेन

बंगलादेशमा २३ महिनाको रानी हेर्न भीड

अगस्ट अन्त्यसम्म अफगानिस्तानबाट सबै सेना फिर्ता हुन्छन् : बाइडेन

६ महिना देखि तलव नपाएकाे भन्दै बनगाडका

Leave a comment

Your email address will not be published. Required fields are marked *