बंगलादेशमा २३ महिनाको रानी हेर्न भीड

एजेन्सी । बङ्गलादेशको एउटा गाई फर्ममा एउटा अनौठो गाईको बाछी रहेको छ। र, त्यो हेर्न भीड लागेको छ। २३ महिनाको सो गाईको बाछीको उचाई केवल ५१ सेन्टिमिटर रहेको छ भने वजन २८ किलो रहेको छ।

कोरोनाको संक्रमण बढेका कारण बङ्गलादेशमा देशव्यापी लकडाउन गरिएको छ। लकडाउनकै बीच पनि रानी नाम गरेको अनौठो गाईलाई हेर्न १५ हजारभन्दा बढी मानिस बंगलादेश पुगिसकेका छन्।

राजधानी ढाका नजिकै च्यारीग्राममा रहेको गाई फार्ममा दिनदिनै सानो गाई हेर्नेको भीड बढिरहेको छ। फार्मका व्यवस्थापकले संसारकै होचो गाईका रुपमा रानीको रेकर्ड कायम गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आवेदन दिएका छन् ।

आगन्तुकहरुले आफ्नो जीवनमा यस्तो सानो र अनौठो गाई कहिल्यै नदेखेको बताएका छन् । यस अघि गिजिन वर्ल्ड रेकर्डमा संसारको होचो गाई भारतबाट ६१ दशमलब १ सेन्टिमिटर उचाइको रहेको छ।

बंगलादेशमा २३ महिनाको रानी हेर्न भीड

पुरु लम्सालको ‘झल्को मात्रै आँखामा’

Leave a comment

Your email address will not be published. Required fields are marked *