बंगलादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। घटनामा परी ३० भन्दा बढी घाइते भएका छन् ।

तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ। घटनास्थलमा अरू पनि परेका हुन सक्ने भएकाले प्रहरीले खोजी तथा उद्धार कार्य जारी नै राखेको जनाएको छ ।

मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ। सुरक्षित नै मानिएको बंगलादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।

बंगलादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।

अहिलेको घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ ।

बंगलादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती,

बंगलादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *