भेरीगंगामा २ महिने काेर्षका विभिन्न तालिम सम्पन्न

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्वर ७ मा ३९० घण्टे सिलाईकटाई, २ महिने होजियारी, ३९० घण्टे कम्प्युटर र बासको मुढा सम्बन्धि सीप विकास तालिम सम्पन्न भएको छ ।

भेरीगंगा नगरपालिकाको कार्यालय उद्योग विकास शाखाको आयोजनामा संचालित गरीबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरगत भेरीगंगा ७ मा ३९० घण्टे सिलाईकटाई, २ महिने होजियारी, ३९० घण्टे कम्प्युटर र वासको मुढा सम्बन्धि सिप विकास तालिम गरिबिको रेखामुनि रहेका र सम्भाबित महिलाहरुलाई रोजगार बनाई उनिहरुको जिबिकोपार्जनमा सुधार हुने उद्देश्यले तालिम संचालन गरिएको हो ।

भेरीगंगा नगरपालिका वडा न.७ मा १४ जना सिलाईकटाई,१३ जना होजियारी,६ जना कम्प्युटर र १४ जना वासको मुढा गरी ४७ जनाको सहभागिता रहि सिप विकास तालिम सम्पन्न भएको छ ।

सिलाईकटाई तालिमको प्रशिक्षक केशब दमाई,वास मुढा तथा सजावट सामाग्रीका प्रशिक्षक विशाल आचार्य,कम्प्युटर प्रशिक्षक प्रेम बहादुर खत्री र होजियार प्रशिक्षक महेश्वरी शाही रहेका थिए । प्रबिधि हस्तान्तरण ३९० घण्टे सिलाईकटाई तालिममा ६ जनालाई मेसिन साथै होजियारी र बास मुढाका प्रत्येक उद्यमीहरुलाई पनि प्रबिधि हस्तान्तरण गरिएको थियो ।

भेरीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर मिजारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा भेरीगंगा नगरपालिका उप-प्रमुख रेणु आचार्य ढकाल , उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल ,वडा न ७ का सदस्य चन्द्र बहादुर मिजार र मेवालाल सार्की र घरेलुु महासंघका उपाध्यक्ष ज्ञानु भुसाल,मेड्पा फोकल पर्सन चित्रा कुमारी डाङ्गीको समेत उपस्थिति रहेको थियो भने उक्त समापन कार्यक्रम संचालक उद्यम विकास सहजकर्ता सुनिता जैसीले गर्नु भएको थियो ।

भेरीगंगामा २ महिने काेर्षका विभिन्न  तालिम सम्पन्न

भेरीगंगामा अटो अनुगमन : पार्किङ्ग स्थल र

भेरीगंगामा २ महिने काेर्षका विभिन्न  तालिम सम्पन्न

कम उमेरका आमाहरुलाई पोषण वितरण, स्वयंमसेविका र

Leave a comment

Your email address will not be published. Required fields are marked *