कम उमेरका आमाहरुलाई पोषण वितरण, स्वयंमसेविका र टोल विकाश समितीलाई सम्मान

सिपी कार्की

भेरीगंगा । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १० मा कम उमेरका आमालाई पोषण कोसेली वितरण, स्वयमसेविका र टोल विकाश समितीलाई सम्मान गरिएको छ ।

भेरीगंगा नगरपालिका वडा नम्वर १० को आयोजना तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भेरीगंगा नगरपालिका १० को समन्वयमा कम उमेरका आमाहरुलाई पोषण कोसेली वितरण संगै स्वयंमसेविकालाई र टोल बिकाश समितिका अध्यक्षलाई सम्मान कार्यक्रम गरिएको थियो ।

गएको वर्ष कोभिडका कारण सामाजिक विकासको क्षेत्रमा लाभ पुग्ने गरि काम गर्न नसकिएको भएतापनी यस वर्ष भने सामाजिक विकासका कामहरलाई अगाडी बढाईएको भेरिगंगा नगरपालिक वडा नम्वर १० ले जनाएको छ ।

भेरीगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मान बहादुर बुढा मगरका अनुसार पहिला भेरीगंगा नगरपालिकाले स्वयंमसेविकालाई सम्मान गर्दै आएको र कोरोनाका कारण केही बर्ष यता नगरेको जानकारी गराउदै आफ्नो वडामा सुत्केरी हुने महिलाको लागि दिनरात खटिने स्वास्थ्य चौकी सम्म पुराउने गर्भवतीको हेरचाह गर्ने भएकाले सम्मान गरिएको बताउनु भयो ।

अध्यक्ष बुढा मगरका अनुसार सानो उमेरमा बिवाहा गरेका महिलाहरु परिपक्क नभएका साथै बच्चाहरुमा कुपोषण हुने भएकाले पोषणयुक्त खानेकुरा खानुपर्छ भनी सिकाउने उद्देश्यले पोषण फलफुल,अण्डा र सर्बोत्म पिठो वितरण गरिएको बताउनु भयो ।

गर्भवती महिलाको पेटमा रहेको बच्चा कुपोषण नरहोस र मृत्यु नहोस गर्भवती भएको बेला पेटमा रहेको बच्चालाई पोषणतत्व खानेकुरा खानुपर्छ बच्चा पोषणयुक्त भएर जन्मिन्छ कुनै रोगले छुन सक्दैन भन्ने उद्देश्यले पोषणतत्व अण्डा,फलफुल र सर्बोत्म पिठो दिईएको बताउनु भयो ।

तेस्तै वडामा हुने गरेका विकास निर्माणका कामहरु,सानातिना झैझगडा र हरेक किसिमका सरसफाइमा सूचना सङसङ्गै हातेमालो गरेर हिड्नुपर्ने भएकाले र आफ्नो टोलमा जनप्रतिनिधिको काम गर्ने भएकाले प्रत्येक टोल विकास समितिका अध्यक्षलाई सम्मान गरिएको र अरु वडाले सिको गर्दै जानेछ सिङ्गो भेरीगंगा नगरपालिकाले यो काम गरेर सबै वडाका जेष्ठ नागरिक,स्वयंमसेविका,गर्भवती महिला,सानो उमेरमा आमा बनेका र टोल बिकास समितीहरुलाई सम्मान कार्यक्रम ल्याइदियोस भनी अध्यक्ष बुढा मगरले आग्रह गर्नुभयो ।

कम उमेरका आमाहरुलाई पोषण वितरण, स्वयंमसेविका र टोल विकाश समितीलाई सम्मान

भेरीगंगामा २ महिने काेर्षका विभिन्न तालिम सम्पन्न

कम उमेरका आमाहरुलाई पोषण वितरण, स्वयंमसेविका र टोल विकाश समितीलाई सम्मान

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *