भेरीगंगामा अटो अनुगमन : पार्किङ्ग स्थल र भाडा दर तोकियो

सुर्खेतको भेरीगंगा नगरपालिकाले अटो तथा ई-रिक्सा अनुगमन गरेको छ । भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दको संयोजकत्वमा भेरीगंगाको जहरे र छिन्चु बजार अनुगमन गरिएको हो ।

अनुगमन मा नगर प्रमुख चन्दले अटोबाट महङ्गो भाडा लिने गुनासो आएको हुदा अब यस्तो गुनासो आएमा ट्राफिक नियम अनुसार कारबाही गरिने बताउनु भयो । अटो चालकले आफुलाई आवश्यक पर्ने सबै कागजात अनिवार्य राख्न अनुरोध गर्नु भयो । तेस्तै अटो मर्मतको लागी समितीबाट माग गरे नगरपालिकाले अटो मर्मत सम्बन्धि तालिम दिने बताउनु भएको थियो ।

भेरीगंगा नगरपालिकाले यस नगरपालिका भित्र संचालन हुने सवारी साधनले पिच गरिएको सडकमा प्रती किलोमीटर अधिकतम रु ८ रुपैयाँका दरले र कच्ची सडकमा सवारी साधनमा प्रती किलोमीटर रु १५ रुपैयाँका दरले भाडा लिनुपर्ने नियम लगाएको छ ।

त्यस्तै भेरीगंगा नगरपालिकाले अटो तथा ई रिक्साको पार्किङ्ग स्थल र भाडा दर पनि तोकेको छ । पार्किङ स्थल छिन्चुको लागि साझा घर र सल्ली चोक,रामघाटको लागि हाटबजार,भेरीगंगा नगरपालिका ९ को लागि बोहोरा टोलको पुर्व गोलपार्क जोड्ने सडक र जहरे पश्चिम छिन्चु जाने सडक अर्जुन आग्रीको घर नजिक गुमि जाने झुल्लुङे पुल नजिक तेस्तै भेरीगंगा नगरपालिका ६ को लागि जनज्योति मा।बि पश्चिम साइडको खाली जग्गालाई पार्किङ स्थल भनी तोकिएको छ ।

अटो अनुगमनमा भेरीगंगा नगरपालिकाका उप(प्रमुख रेणु आचार्य,प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत,उद्योग बाणिज्य संघ भेरिका अध्यक्ष सोमराज ढकाल,महासचिव पुर्ण बहादुर खत्री, उद्योग शाखा प्रमुख पिताम्बर पौडेल, नेपाल घरेलुु महासंघ भेरीगंगाका उपाध्यक्ष ज्ञानु भुसाल, पशुपन्क्षी विकास शाखा भोज प्रशाद चपाइ, अस्थाई ट्राफिक पोस्ट छिन्चुका इन्चार्ज ओम प्रकाश कुर्मी र सुरक्षाकर्मिको समेत उपस्थिति रहेको थियो ।

भेरीगंगामा अटो अनुगमन : पार्किङ्ग स्थल र भाडा दर तोकियो

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को

भेरीगंगामा अटो अनुगमन : पार्किङ्ग स्थल र भाडा दर तोकियो

भेरीगंगामा २ महिने काेर्षका विभिन्न तालिम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *