२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो । जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि संक्रमितको संख्या हो । यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

खड्काले घोषाणा गरे आसन्न नगर सभापतिको उम्मेदवारी

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

भेरीगंगामा अटो अनुगमन : पार्किङ्ग स्थल र

Leave a comment

Your email address will not be published. Required fields are marked *