जब दिलिप कुमारले अदालतमा भनेका थिए, ‘म मधुबालालाई प्रेम गर्छु’

एजेन्सी । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । उनी ९८ वर्षका थिए । पछिल्लो केही समयदेखि उनी बिरामी थिए र परीक्षणका लागि बारम्बार अस्पताल लगिएको थियो ।
यी अभिनेताको निधनपछि प्रशंसकले उनलाई निकै याद गरिरहेका छन् र उनको जीवनसँग जोडिएको कुरा स्मरण पनि गरिरहेका छन् ।
दिलिप कुमारको मधुबालासँगको सम्बन्धको चर्चा नयाँ पीढीसम्म हुने गर्छ । यी दुईबीचको अत्यधिक प्रेम यसको कारण हो । उनीहरुको सम्बन्धको अन्त्य राम्रो त भएन तर यी दुईबीचका सम्बन्धमा यदि कुनै तिता याद छन् भने केही मिठा पनि ।
प्रेम पनि भयो र झगडा पनिः
मधुबाला र दिलिप कुमारको प्रेम कहानी सन् १९५१ मा रिलिज भएको फिल्म तरानाको सेटबाट सुरु भएको थियो । यी दुईको पहिलो नजरमा नै प्रेम बस्यो । मधुबालाले आफ्नो प्रेम व्यक्त गर्नका लागि दिलिप कुमारको मेकअप रुपमा एउटा पर्चा र गुलाब पठाएकी थिइन् ।
यो पर्चामा लेखिएको थियो, ‘यदि तपाईंलाई पनि मसँग प्रेम छ भने यो गुलाब स्वीकार गर्नुहोस् ।’ दिलिपले मुस्कुराउँदै मधुबालाको प्रेम प्रस्तावलाई स्वीकार गरे । पछि दिलिप कुमार पनि मधुबालाको प्रेममा यति डुबेकी उनी आफ्नो फिल्मको सुटिङ छोडेर त्यहाँ पुग्दथे जहाँ मधुबालाको फिल्मको सुटिङ भइरहेको हुन्थ्यो ।






