कोरोनाले एकै घरका तीन दाजुभाइको मृत्यु

रासस ।
बाँके : कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एक-एक दिनको अन्तरालमा मृत्यु भएको हो। जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो। आज शुक्रबार विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुए। सात दाजुभाई मध्ये जहीर कान्छा, एजाज राइलो र इम्तियाज काइलो हुन् ।
उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाइको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए।
बि






