अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छोड्न आदेश

काठमाडौं : बालुवाटार सरकारी जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

बस्न्यातलाई सर्वोच्चले शुक्रबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो। तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बस्न्यातले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्नता देखिएपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो। उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गएका थिए।

बस्न्यात ६९ वर्षको बृद्ध भएको र परिवारका अन्य सदस्यहरुमा कोरोनासमेत पुष्टि भएकाले यस्तो अवस्थामा उनलाई थुनामा राखेर अनुसन्धान गुर्न उचित नदेखिने सर्वोच्चले आदेशमा भनेको छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छोड्न आदेश

९ हजारबढी संक्रमित थपिए, २ हजार ९

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छोड्न आदेश

कोरोनाले एकै घरका तीन दाजुभाइको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *