कर्णाली प्रदेशमा कोरोना संक्रमण दर देशभरकै उच्च

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण दर देशभरकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परिक्षण गरिएका मध्य करिब ४१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अन्य प्रदेशमा भने संत्रमण दर २४ प्रतिशतसम्म छ । कर्णालीमा परीक्षण एकदमै न्यून रहेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा कर्णाली प्रदेशमा आरटिपिसिआर विधिबाट ७८ जनाको मात्र कोरोना परिक्षण गरिएको छ ।

तिमध्य ३२ जनामा संक्रमण पुष्टी भएको छ । यो संक्रमण हुनेको संख्या ४१ प्रतिशतभन्दा धेरै हो । यसैबिच, एन्टीजेन विधिबाट २ सय ३ जनाको कोरोना परिक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

भने यो अवधीमा ७५ जना कोरोनामुक्त भएका छन । अब प्रदेशभर एक हजार ८९ जना सक्रिय संक्रमित रहेका छन ।

 

कर्णाली प्रदेशमा कोरोना संक्रमण दर देशभरकै उच्च

आर्थिक भार र समय बर्बाद गरेको भन्दै

कर्णाली प्रदेशमा कोरोना संक्रमण दर देशभरकै उच्च

कोभिडविरुद्ध खोप लगाइसकेपछ मात्र जनगणना हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *