जुन फिल्म रणबीर कपुरले अस्वीकार गरे, त्यसमा अभिनय गरेर स्टार बने रणवीर सिंह

एजेन्सी । आज ६ जुलाईमा बलिउड इन्डष्ट्रिका सबैभन्दा ऊर्जावान् सुपरस्टार रणवीर सिंह आफ्नो जन्मदिन मनाइरहेका छन् । यस्तोमा रणवीर सिंहलाई जन्मदिनको शुभकामनाको ओइरो लागेको छ ।

रणवीरलाई आफ्नो उत्कृष्ट अभिनयका लागि चिनिन्छ । तर के तपाईंलाई थाहा छ, जुन फिल्मले आज उनलाई सुपरस्टार बनाएको छ, त्यो पहिला रणबीर कपुरलाई अफर गरिएको थियो ?

हो, रणवीर सिंहको करियरको चार ठूला फिल्म उनीअघि रणबीर कपुरले पाएका थिए । यसमा उनको डेब्यू फिल्म ब्यान्ड बाजा बारात पनि समावेश छ । यी फिल्मलाई रणबीर कपुरले अस्वीकार गरेका थिए, त्यसपछि मात्रै यो रणवीर सिंहको पोल्टोमा पुग्यो र उनले यसमा काम गरे ।

यशराजको ब्यानरअन्तर्गत बनेको फिल्म ब्यान्ड बाजा बारातले रणवीर सिंहलाई इन्डष्ट्रिमा पहिचान दिलाएको थियो । यसै फिल्मार्फत् उनको र अनुष्का शर्माको जोडीले प्रेम पायो र दुबैको सम्बन्ध पनि सुरु भएको थियो । यद्यपि, फिल्मका लागि निर्माताका लागि पहिलो रोजाई रणबीर कपुर थिए । रणबीरले अस्वीकार गरेपछि यो फिल्म रणवीर सिंहलाई अफर गरिएको थियो ।

जुन फिल्म रणबीर कपुरले अस्वीकार गरे, त्यसमा अभिनय गरेर स्टार बने रणवीर सिंह

बलिउड अभिनेत्री गहनालाई हृदयघात

जुन फिल्म रणबीर कपुरले अस्वीकार गरे, त्यसमा अभिनय गरेर स्टार बने रणवीर सिंह

शम्भुजितको निर्देशनमा कृष्ण र करिश्माले देखाए प्रेम

Leave a comment

Your email address will not be published. Required fields are marked *