२०८३ जेष्ठ ३० गते
×

Now Playing

मान्सिनीले बढाएको इटालीको गौरव

काठमाडाैं । विश्वकप पनि छनोट नभएको टीम समाल्दै गर्दा म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक रोबर्ट मान्सिनिप्रति विश्वास कम र आशंका धेरै थिए ।

हुन पनि मान्सिनीले सबैखाले उपलब्धि खेलाडी, पैसा सबथोक भएका क्लबको प्रशिक्षण समाल्ने अवसर पाउँदा पाउँदै उनी इटालीको दैलोमा पुग्दा आंशकाहरू स्वाभाविक थिए।

सन् २०१८ को विश्वाकपमा छनोट हुन नसकेर आलोचित बनेको इटाली अहिले आफ्नो पुरानो साख जोगाएर अघि बढिसकेको छ। चार पटकको विश्वकप विजेता इटाली छनोटमै असफल भएपछि तत्कालीन प्रशिक्षक जियान पिएरो भेन्टुरा पदमुक्त भए। त्यसपछि खस्किएको इटालीको आत्मविश्वासमा सास भर्ने काम गरे मान्सिनीले।

​मान्सिनीको प्रशिक्षणमा इटालीले सबैखाले उपलब्धिहरू एकपछि अर्को गर्दै हासिल गरिरहेको छ। ३२ खेलसम्म अपराजित राख्दै आफ्नै रेकर्ड तोडेको इटाली अब युरोपियन च्याम्पियनसिपको उपाधिभन्दा केवल २ जित टाढा छ।

२०१८ को २८ मेयता इटालीले केवल दुई खेल हारेको छ। मान्सिनिको अग्निपरीक्षाका रुपमा मानिएको युरो २०२० ले उनको सफलतालाई नयाँ उचाइमा पुर्‍याएको छ। तुलनात्मक रुपमा कमजोर टिमलाई जितेको भनेर आलोचना गर्नेहरू पनि क्वाटरफाइनलमा बेल्जियमलाई पाखा लगाएसँगै इटालीको प्रशंसक बनेका छन्।

युरो छनोटमा शतप्रतिशत जितसहित १० खेलमा ३४ गोल गरेपछि नै इटालीलाई जारी युरोमा दाबेदार मानिएको थियो। त्यो यात्रा युरोको सेमिफाइनलसम्म पुग्दा ३२ खेलमा अपराजित छ।

सन् १९३० को दशकमा भिट्टारियो पोज्जोले इटालीलाई ३० खेलमा अपराजित राखेको कीर्तिमान मानसिनीले नकआउट चरणमा तोड्न सफल रहे। अब विश्वको सर्वाधिक लामो ३५ खेलको अपराजित यात्रा बनाएको ब्राजिल र स्पेनको नाममा रहेको कीर्तिमान तोड्नु इटालीका लागि अर्को लक्ष्य हो।

ब्राजिलले १९९३-९६ सम्म ३५ खेलसम्म अपराजित रह्यो भने स्पेन २००७-०९ सम्म समान ३५ खेलमा अपराजित रह्यो। दोस्रो स्थानको अर्जेन्टिनाको ३१ खेलसम्मको यात्रालाई पछि पार्न इटाली सफल भइसकेको छ।

मान्सिनीले अहिले युवा र अनुभवी टिमलाई मैदानमा रहर लाग्दोसँग दौडाइरहेका छन्। २२ वर्षीय जिजियो डोनारुदेखि ३८ वर्षिय जर्जियो चिलिनीसम्म एउटै टिममा उत्साहका साथ अटाएका छन्। मान्सिनीप्रति विश्वासस बढेरै इटालियन फुटबल संघले उनलाई सन् २०२६ सम्मका लागि प्रशिक्षक बनाउने निर्णय गरेको छ।

खेलाडी जिवनमा राष्ट्रिय टिमबाट महत्वपूर्ण उपाधि नजितेका मान्सिनी अब प्रशिक्षकको रुपमा युरो कप उपाधि जित्न चाहन्छन्। त्यसका लागि पहिला उनले स्पेनको चुनौती पन्छाउनु पर्नेछ।

मान्सिनीले बढाएको इटालीको गौरव

११ हजार बढी परीक्षण गर्दा २६ सय

मान्सिनीले बढाएको इटालीको गौरव

तनाव व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *