११ हजार बढी परीक्षण गर्दा २६ सय २२ संक्रमित

काठमाडौं । देशभर पछिल्लो समय ११ हजार पाँच सय २७ जनामा कोरोना परीक्षण गर्दा थप दुई हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।
कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९ हजार दुई सय ४८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
उपत्यकाभित्र काठमाडौंमा ३७८,भक्तपुरमा ६० र ललितपुरमा १२४ गरी कुल पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।






