आमिर–किरणको सम्बन्धविच्छेदपछि ट्रोल भइन् फातिमा सना शेख, नायिकालाई दिइँदैछ बधाई

एजेन्सी । बलिउड अभिनेता आमिर खान र किरण रावले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै आफ्नो सम्बन्धविच्छेदबारे घोषणा गरे ।

यस वक्तव्यपछि उनीहरुका प्रशंसक यी दुईको सम्बन्धविच्छेद भएकोमा अचम्मित भएका छन् ।

तर यी दुईको सम्बन्धविच्छेदका कारण नायिका तथा आमिर खानकी को–स्टार फातिमा सना शेख ट्वीटरमा ट्रेन्ड भएकी छिन् ।

ट्वीटरमा थुप्रै प्रयोगकर्ताले आमिर खान र किरण रावको सम्बन्धविच्छेद हुनुको कारण फातिमा सना सेख भएको आरोप लगाएका छन् ।

आमिर र फातिमा सनाको बढ्दो निकटताका कारण किरण रावले सम्बन्धविच्छेदको निर्णय गरेको धेरैले बताइरहेका छन् ।

आमिर–फातिमाको लिङ्कअपको खबरः

स्मरण रहोस्, फातिमा सना शेखले फिल्म ‘दंगल’ बाट डेब्यू गरेकी थिइन् । यसमा उनी आमिर खानकी छोरीको भूमिका निभाएकी थिइन् ।

फिल्म बक्स अफिसमा हिट भयो । दंगलको सफलतापछि फातिमा सना शेखले आमिर खानसँग ‘ठग्स अफ हिन्दोस्तान’ मा काम गरिन् र त्यसपछि यी दुबैको अफेयरको खबर सार्वजनिक हुन थालेको छ ।

आमिर–किरणको सम्बन्धविच्छेदपछि ट्रोल भइन् फातिमा सना शेख, नायिकालाई दिइँदैछ बधाई

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार साढे

आमिर–किरणको सम्बन्धविच्छेदपछि ट्रोल भइन् फातिमा सना शेख, नायिकालाई दिइँदैछ बधाई

संसद विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ मा

Leave a comment

Your email address will not be published. Required fields are marked *