निर्वाचनको ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन्।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुन:स्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर उनले गरे। उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत नभएको दाबी पनि गरे।

उनले भने, ‘विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैन।’ उनले संसदीय अभ्यासको नाम गैरसंवैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे।’

उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरु हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरे।

सरकारले कोभिड दोस्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे। उनले विपक्षी दलहरुले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे।

संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए। बाढी-पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुन:स्थापनाको माग गरे।

निर्वाचनको ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी

हङकङकी आइशाको विकिनी मोह

निर्वाचनको ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी

रोकिएको परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *