हङकङकी आइशाको विकिनी मोह

हङकङ : आइशा गुरुङको विकिनी पोज देखेर धेरैले जिब्रो टोके। साथीभाइ, आफन्तहरूले गाली गरे। सुरुआती दिनमा आइशा स्वयंलाई विकिनी भल्गारिटीको नमुना जस्तो लाग्थ्यो ।

विदेशी मोडल महिलाहरूको विकिनी पोजलाई पल्टाइपल्टाई हेर्ने र कोठामा तस्बिर टाँस्ने तर आफ्ना देशका महिलाहरूको तस्बिरलाई गाली गर्नेहरूको भीडलाई वास्तै नगरी, विकिनमा आफूलाई प्रस्तुत गर्न थालिन् उनले ।

विकिनीमा आइशाको आत्मविश्वास र उत्कृष्ट अदालाई धेरैले प्रशंसा गरे। सुरुआतीकालमा नराम्रो भन्नेहरूको नजरमा पनि उनी उत्कृष्ट बन्दै गइन् । लेखनाथ, पोखराबाट करिब पाँच वर्षअघि हङकङ आएकी आइशाले स्नातक तह दोस्रो वर्षको अध्ययन पूरा गरेकी छिन् ।

कक्षा १० पढ्दाताका नै मोडलिङ, अभिनय गर्ने रहर पालेकी आइशा सम्पूर्ण पक्षबाट अभिनयको लागि तयार भएको बताउँछिन्। आफूलाई क्यामेरामा अभ्यस्त बनाउनका लागि युट्युबमा भिडियो (भल्ग) बनाउँछिन्।

गर्मीको समयमा समुद्रका किनार, स्विमिङ पुललगायतमा विकिन लगाएर मस्त आरम गरिरहेका विदेशी महिलाहरू देख्दा आफूलाई पनि विकिनीप्रति मोह जागृत भएको बताउँछिन् आइशा।

फिट, स्वास्थ्य र कन्फिडेन्स विकिनी पहिरनको लागि चाहिने तŒवहरू हुन। आफूलाई स्वास्थ्य राखेर शरीरको सुन्दरता पानीमा प्रस्तुत गर्नु अद्भुत सीप ठानेकी छु उनी भन्छिन् ।

देशविदेश भ्रमण गर्ने सोख रहेको आइशा भविष्यमा सफल मोडल बन्न चाहन्छिन्। मज्जाको राईको शब्द, मविन्द्र राईको संगीत र अस्मिता अधिकारीको स्वर रहेको गीतमार्फत पहिलोपटक अभिनय यात्रा आरम्भ गर्दैछिन् आइशा।

अनुशासित र शान्त गुण भएका केटाहरूले आकर्षित गर्ने आइशालाई आफ्नो शरीरको सबैभन्दा सेक्सी आँखा लाग्छ। उनी भन्छिन् आफ्नो भाव र अपिलिङ आँखामार्फत प्रस्तुत गर्न सकिन्छ।

हङकङकी आइशाको विकिनी मोह

तोकिएको सीमामै सेना फिर्ता गर्न अमेरिकालाई तालिवान

हङकङकी आइशाको विकिनी मोह

निर्वाचनको ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश

Leave a comment

Your email address will not be published. Required fields are marked *