युगआह्वानको प्रभाव : मर्मत हुने भयो भेरी निमाविको छाना

दुर्गा विसी
सल्लीबजार, २१ फाल्गुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमाविको विद्यालयको छाना हावाहुरीले उडाएको झन्डै एक वर्ष भएको छ । उक्त विद्यालयको छाना मर्मतको लागि स्थानीय सरकारले कुनै पहल नगरेको विद्यालय प्रशासनले जनाउँदै आएको थियोे । तर तेहि समाचार २०७७ मंसिर २२ गते युग्आह्वा राष्ट्रिय दैनिक तथा अनलाइनमा प्रकाशन भए पछि यत्रतत्र सबै मिडियाले सो समाचार कभर गरेका थिए ।

चौतर्फी दवाव पछि बनगाड कुपिण्डे नगरपालिकाको आठौं नगर सभाले छाना मर्मतको लागि ४ लाख वढि रकम विनियोजन गरेको छ ।यो विद्यालयका लागि सुखद पक्ष हो । हाम्रो खबरदारीले गर्दा मात्रै नगरपालिकाले सो कार्य अघि वढाएको थियोे । उक्त वडाले समेत विद्यालयमा छाना उडाए पछि पठनपाठनमा जटिलता हुदाहुदै पनि नदेखे झै गरिरह्यो तर सडकमा भने लाखौं रकम विनियोजन गर्याे । अर्को तर्फ निमावि दरवन्दि शुन्य रहेको सो विद्यालय नीजि शिक्षकलाइ तलव खुवाउन हम्मेहम्मे परेको छ । कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको विद्यालयको अन्य आयस्रोत केही छैन ।

विद्यालयको आन्तरिक स्रोत केही नहुदा आफै छानामर्मत गर्न सकिने अवस्था नरहेको प्रधानाध्यापक हेमराज वलिको भनाइ छ ।विद्यायको छाना मर्मत सुधार भनेर नगरबाट वजेट विनियोजन भएको भन्ने कुरा सुनेको उहाँको भनाइ छ ।तर काम कहिले हुन्छ थाहा नभएको वलिको भनाइ छ ।

हावाले छाना उडाएको १ वर्ष भयो अहिलेसम्म कसैले ध्यान नदिएको विद्यालयको गुनासो छ । चौतर्फी दवावका कारण वल्ल अहिले नगरपालिकाले थोरै रकमको जोहो गरिदिएको छ । स्थानीय अभिभावकहरु भने वडा सरकार,नगरपालिका र प्रदेश सरकारलाई लाचार सरकार भन्ने गरेका छन् ।

बालवालिकाको पढाइमा समेत असर परेकाले त्यसको समाधान तिर जिम्मेवार निकाय वेखबर भएको प्रती स्थानीय अभिभावक रुष्ट छन् । युगआह्वानको स्रहानिय खबरदारीको अभिभावकले प्रशंसा गरेका छन् । सुरुमै सो समाचार युग न्युज अनलाइन र पत्रिकामार्फत प्रकाशन भएको थियोे ।

युगआह्वानको प्रभाव : मर्मत हुने भयो भेरी निमाविको छाना

YUGAAWHAN NATIONAL DAILY (2077-11-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *