पहिरोबाट ३५ हजारभन्दा बढी जापानी प्रभावित

टाेकियाेट । जापानको मध्य क्षेत्र शिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिसहरू पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ।

पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उदृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जापानको मध्य क्षेत्रमा अवस्थित आतमी सहरमा हालै परेको भारी बर्षापछि गएको पहिरोले कम्तीमा १० घर पुरेको थियो ।

उक्त पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका क्योदो न्यूज एजेन्सीले बताएको छ ।  सिजाेओकाका अधिकारीले आतमी र वरपरका क्षेत्रमा उच्च खतरा रहेको बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोबाट ३५ हजारभन्दा बढी जापानी प्रभावित

जापानमा भीषण पहिरो, २० जना बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *