इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ। केहिबेर अघि सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–०ले पाखा लगाएको हो।

सेमिफाइनलको अन्तिम खेलमा अर्जेन्टिनाका लागि लियोनल मेसी, रोड्रिगो डी पल र लौटारो मार्टिनेजले गोल गरे। आज विहान सकिएको यी दुईको खेल पछि सेमिफाइनल समीकरण पूरा भएको छ।

यसअघि आज बिहान सम्पन्न भएको खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ। कोलम्बियाले उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोलले हराएको हो।

कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलले मंगलबार बिहान पौने पाँच बजे पेरुसँग खेल्दा बुधबार बिहान पौने ७ बजे अर्जेटिना र कोलम्बिया भिड्ने छन्। फाइनल खेल भने जुलाई १० मा हुने छ।

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

पहिरोबाट ३५ हजारभन्दा बढी जापानी प्रभावित

Leave a comment

Your email address will not be published. Required fields are marked *