उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो। प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ । अर्जेन्टिना र इक्वेडरको विजेताले कोलम्बियाको सामना गर्ने छ। यस अघि नै ब्राजिल र पेरु सेमिफाइनलमा पुगिसकेका छन् ।

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

युरो कपको सेमिफाइनल समीकरण पूरा

Leave a comment

Your email address will not be published. Required fields are marked *