युरो कपको सेमिफाइनल समीकरण पूरा

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इङ्ल्याण्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ।
यस संस्करणमा इङ्ल्याण्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ। पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् ।
दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल बुधबार राति १२ः४५ बजे र दोस्रो खेल बिहीबार राति हुने छ। फाइनल जुलाइ ११ मा हुने छ।






