आठ बजेदेखि नै विद्युत महसुल बुझाउन पाइने !

सुर्खेत । आज (आइतबार) बाट सुर्खेतका ग्राहकहरुले विहान ८ बजेदेखि नै विद्युत महसुल बुझाउन पाइने भएका छन् । सेवाग्राहीको भिड बढेपछि विहान ८ बजेदेखि नै महसुल बुझाउन सकिने सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
अर्काे सूचना जारी नभएसम्म विहान ८ बजे नै काउन्टर खुल्ने सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए । निषेधाज्ञाका कारण अधिकांश ग्राहकहरुले विद्युत महसुल बुझाउन पाएका थिएनन् ।
निषेधाज्ञा कुखुल्लो भएपछि महसुल बुझाउनेको भिड बढेको छ । असार मसान्त सकिनै लाग्दा महसुल बुझाउने सेवाग्राहीको भिड लागेपछि कार्यालयले विहान ८ बजेदेखि नै सेवा दिने भएको हो ।


