जापानमा भीषण पहिरो, २० जना बेपत्ता

एजेन्सी । जापानको शिजुवा क्षेत्रको अतामी शहरमा भारी वर्षापछि आएको पहिरोमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् ।

शहरमाथिको एउटा पहाडी ढिस्कोमा पहिरो गएपछि बगेको लेदोले धेरै घर बगाएको हो। क्योदो समाचार एजेन्सीका अनुसार दुई जनाको शव तटीय क्षेत्रमा फेला परेको छ ।

प्रहरी, अग्नि नियन्त्रक, जापानी सेना पनि खोजीमा जुटिरहेको छ। प्रधानमन्त्री योशिहिदी सुगाले भारी वर्षा पछिको पहिरोमा परि हराइरहेकाहरुको आपतकालीन उद्धारका लागि टास्क फोर्सले काम गर्ने बताएका छन्  ।

जापानमा गत वर्ष जुलाईमा भारी वर्षा पछिको बाढी पहिरोमा परी जनधनको ठुलो क्षति भएको थियो  ।

जापानमा भीषण पहिरो, २० जना बेपत्ता

पहिरोबाट ३५ हजारभन्दा बढी जापानी प्रभावित

जापानमा भीषण पहिरो, २० जना बेपत्ता

दुवै डोज खोप लगाउँदा कोरोनाबाट ९८ प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *