सिम्ताको बैसपानिमा एकैदिन ५ वटा विकास कार्यक्रम उद्घाटन

दुर्गा विसि

सुर्खेतको सिम्ता गाउँपालिका वडा ७ मा एकै दिन विकास निर्माणकार्य सम्पन्न ५ योजनाको उद्घाटन गरिएको छ ।विकट बैसपानी वस्ति सिम्ताको निकै दुरदराजमा गणना हुन्छ ।त्यहाँ पहिलोपटक वत्तिसँगै स्वास्थ्य र खानेपानी पुगेको छ ।
जसका क्रममै त्यहाँका नागरिकहरूको लागि सुनौलो दिन समेत भएको कार्यक्रमका अतिथिहरुको भनाइ रहेको थियोे ।जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत स्वास्थ्य भवन उद्घाटन । सिम्ता उज्यालो अन्तर्गत विद्युत बत्ती उद्घाटन ।पहुँच मार्ग अन्तर्गत मुख्य मन्त्री र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट निर्माण भएका सडक उद्घाटन ।
जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत एक घर एक स्वच्छ सफा खानेपानी ५५ घरधुरीमा धारा उद्घाटन र अन्तिम ५ योजनामा जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत सुत्केरी आमालाई खाद्य तथा सरसफाइ सम्बन्धि पोषण सामाग्री वितरण गरिएको छ ।
सिम्ता गाउँपालिका वडा नं ७ बैशपानि वडा कार्यलय र गाउँपालिका कार्यलयबाट सबैभन्दा टाढा तथा दुर्गम बस्ती हो।त्यहाँका नागरिकले आफुलाई राज्यले उपेक्षित गरेको दुखेसो पहिल्यै देखि राख्दै आएका थिए । जब संघीयता आयो स्थानीय तह पश्चात् सिम्ता गाउँपालिकाको नजर र निर्वाचित जनप्रतिनिधिको ध्यान त्यहीँ दुर्गम बस्तीमा पुग्यो ।
त्यहाँका नागरिकका केही समस्या समाधान स्थानीय सरकारले पुरा गरिदिएको छ ।विभिन्न प्रकृतिका विकास कार्य उद्घाटन गर्न गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी,उपाध्यक्ष चन्द्रकला शाही,वडा अध्यक्ष गेहेन्द्र कुमार हमाल, जिल्ला प्राधिकरण कार्यलय प्रमुख टंकराज गिरी लगाएत कर्मचारी प्रकाश चन्द,मदन चन्द,निराजन रावत र चन्द्र बहादुर शाही लगाएत सिम्ता गाउँपालिकाको वडि विभिन्न विकासे योजनाहरुको उद्घाटन सत्रमा सामेल भएका थिए ।
स्थानीय सरकार उक्त गाउँमा उपस्थिति हुदा त्यहाँका नागरिकहरूले अब एकमात्र विकास भेरी नदीमा बेलिव्रिज पुलको माग समेत गरेका छन । अौपचारीक कार्यक्रमको अध्यक्षता वडा सदस्य लोक बहादुर दमाई,कार्यक्रम सञ्चालन शिक्षक नवीन केसी र स्वागत मन्तव्य स्वास्थ्य इकाई प्रमुख प्रसान्त सोनिले गरेका थिए ।
स्थानीय समाजसेवी चन्द्र प्रकाश थापा र राम बहादुर परियार लगाएत सम्पुर्ण स्थानीयहरुको भव्य उपस्थिति रहेको थियोे । अहिलेसम्म अपेक्षित बैसपानी टोलमा एकैपटक धेरै विकासले फट्को मार्दा त्यहाँका स्थानीय हर्शित वनेका छन् ।
खानेपानी,विद्युत,स्वास्थ्य इकाई लगाएतका महत्त्वपूर्ण विकास निर्माणकार्यले पहिलोपल्ट बैसपानीमा मुहार फेरिएको छ ।अब भने त्यहाँका स्थानीयको एउटा् अनुरोध पारि सडक सञ्जाल जोडिएको पक्की वाटा पुग्ने भेरिमा झुलुङे पुलको माग राखेका छन् ।त्यो पनि प्रक्रिया अघि वढाउने अध्यक्ष केसिको कार्यक्रम घोषणा रहेको थियोे ।






