भेरीगंगामा बुटिक, सिलाईकटाई र ब्युटिपार्लर तालिम सम्पन्न

भेरीगंगा । भेरीगंगा नगरपालिकामा २ महिने बुटिक तालिम,३९० घण्टे सिलाईकटाई र ६५ दिने ब्युटिपार्लर तालिम सम्पन्न भएको छ ।
भेरीगंगा नगरपालिकाको कार्यालय उद्योग बिकास शाखाको आयोजनामा संचालित गरीबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका १२ छिन्चुमा ६५ दिने ब्युटिपार्लर सम्बन्धि प्राबिधिक सिप बिकास तालिम,सम्भाबित उद्यमीहरुका लागि २ महिने बुटिक तालिम र ३९० घण्टे सिलाईकटाई तालिम गरिबको रेखामुनी रहेका र सम्भाबित ब्यक्तिलाई स्वरोजगार बनाई उनिहरुको जिबिकोपार्जनमा सुधार हुने उद्देश्यले तालिम संचालन गरिएको हो ।
उक्त तालिममा भेरीगंगा नगरपालिकाका प्रत्येक वडाका महिलाहरुलाई समेटिने गरी २ महिने बुटिक तालिमा ८ जना,३९० घण्टे सिलाईकटाई तालिममा २० जना र ६५ दिने ब्युटिपार्लर तालिममा १५ जना गरी ४३ जनाको सहभागीता रहि सिप बिकास तालिम सम्पन्न भएको छ ।
बुटिक तालिमको प्रशिक्षक मनसुवा रसाइली,सिलाईकटाई तालिमको प्रशिक्षक गोमा खड्का शाह र ब्युटिपार्लर तालिम प्रशिक्षक राधा क्षेष्ठ रहेका थिए । प्रबिधि हस्तान्तरण ३९० घण्टे सिलाइ कटाई तालिममा १० जनालाई सिलाइ मेसिन साथै अन्य सामाग्री बितरण तथा २ महिनेबुटिक तालिममा उक्त बुटिक समुहलाई बुटिक तान पनि बितरण गरिएको थियो ।
भेरीगंगा नगरपालिका वडा न।१२ का वडा अध्यक्ष हरि प्रशाद कंडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्द,उप-प्रमुख रेणु आचार्य ढकाल,प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत,उद्यम बिकास शाखा प्रमुख पिताम्बर पौडेल,मेड्पा फोकल पर्सन चित्रा डाङ्गी ,उद्योग बाणिज्य संघ भेरीका महासचिव पुर्ण बहादुर खत्री,आर्थिक बिकास समिती संयोजक कर्ण बहादुर मिजार र उद्यम बिकास सहजकर्ता लाल बहादुर कार्कीको पनि सहभागी रहको कार्यक्रम संचालक उधम बिकास सहजकर्ता सुनिता जैसीले बताउनु भएको हो ।






