बैतडीमा जिप दुर्घटना २ को मृत्यु, ४ गम्भीर

बैतडी । जिल्लाको सिगास गाउँपालिका-३ लगनमा आज बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
१० जना घाइते भएका छन्। २ जनाको घटनास्थलमै मृत्यु भएको, ४ जनाको अवस्था गम्भीर र ६ जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
मृत्यु हुनेमा सिगास-३ का ४५ वर्षीय मानसिंह साउद र सोही स्थानकै ६४ वर्षीय रामसिंह धामी रहेका प्रहरी निरीक्षक खड्काले बताए।
घाइतेहरू सबै सिगास वडा नम्बर ३ कै हुन्। से१ज ७ सय ३९ नम्बरको जिप बिहान साढे ९ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल अस्पताल पठाउने तयारी भइरहेको छ।






