ट्याक्टरले घोडालाई ठक्कर दिएको निहुँमा झडप, दुई घाइते

रुकुमपूर्व ।  रुकुम पश्चिममा ट्याक्टरले घोडालाई ठक्कर दिएर घाइते बनाइदिएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् ।

शुक्रबार बेलुकी पानै ६ बजे आठबीसकोट नगरपालिका‐३, खदीमा तलिगाउँ र माथिगाउँका युवाबीच झडप भएको हो। निर्माण कार्यमा चलिरहेको ट्याक्टरले घोडालाई ठक्कर दिएको थियो ।

यसै विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा माथि गाउँका गोपाल बिक र राजु बिक गम्भीर घाइते भएका छन् । ट्याक्टरको पछाडिको भागले त्योभन्दा पछि रहेको घोडालाई ठक्कर दिएको थियो ।

ट्याक्टर पछि सार्ने क्रममा ठक्कर लागेर घोडा घाइते भएको निहुँमा दुई गाउँबीचको झडप भएको हो। तलिगाउँका मदन बोहराको उक्त घोडा पनि निर्माण कार्यमा ढुङ्गा बोक्न प्रयोग गरिएको प्रहरीले जनाएको छ।

दुई गाउँको झडपमा दुई जना घाइते भएको र उपचारका लागि नगर अस्पताल लगिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक धु्रवकुमार श्रेष्ठले जानकारी दिए ।

घटना संलग्न भएको आरोपमा गोपाल बोहरा लगायतका केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यद्यपि घटनाको थप विवरण भने आउन बाँकी रहेको डिएसपी श्रेष्ठले बताए ।

ट्याक्टरले घोडालाई ठक्कर दिएको निहुँमा झडप, दुई घाइते

एकसय २५ थान अक्सिजन सिलिन्डर सहयोग

ट्याक्टरले घोडालाई ठक्कर दिएको निहुँमा झडप, दुई घाइते

भारतमा थप ४४ हजार १११ नयाँ संक्रमित,

Leave a comment

Your email address will not be published. Required fields are marked *