एकसय २५ थान अक्सिजन सिलिन्डर सहयोग

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई एकसय पच्चीस थान अक्सिजन सिलिण्डर र ५० थान अक्सिजन कन्सटे«टर उपलब्ध गराइएको छ ।

बेलायती नागरिक सेन हुटुङ्ग, अमरधन मेमोरियल फाउन्डेसन र धुलिखेल हस्पिटल काठमाण्डौ युनिर्भसिटीले शुक्रवार उक्त सामग्री सरकारलाई हस्तान्तरण गरेको हो । एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीलाई हस्तान्तरण गरिएको हो ।

गैर आवासीय नेपाली संघ, सुशासन प्रवद्र्धनका लागि युवा संस्था सुर्खेत र युएनओपिएस पिसियुको समन्वय सामग्री हस्तान्तरण गरिएको हो । कोरोना न्यूनिकरणका अक्सिजन सिलिण्डर र अक्सिजन कन्सटे«टर सहयोग गरिएको सुशासन प्रवद्र्धनका लागि युवा संस्थाका सल्लाहकार एवम गैर सरकारी संस्थामहासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले जानकारी दिए ।

स्वास्थ्य सामाग्री बुझ्दै मन्त्री विसीले दाताको सहयोगले माहामारी नियन्त्रणमा सहयोग पुग्ने बताए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, सामाजीक विकास मन्त्रालयका सचिव कृष्णप्रसादकाप्री जन स्वास्थ्य सेवाकार्यालयका प्रमुख चेतनिधीवाग्ले, धुलिखेल हस्पिटल—काठमाण्डौ युनिर्भसिटीका परियोजना संयोजक टेकबहादुर थापा, युएनओपिएस—पिसियुका कर्णालीप्रदेश संयोजक पदम बिकलगायतको सहभागिता रहेको थियो ।

एकसय २५ थान अक्सिजन सिलिन्डर सहयोग

तीन मन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने

एकसय २५ थान अक्सिजन सिलिन्डर सहयोग

ट्याक्टरले घोडालाई ठक्कर दिएको निहुँमा झडप, दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *