अझै भेटिएनन् कर्णालीमा बेपत्ता भएका ३ जना

सुर्खेत । कर्णाली नदिमा आइतबार डुंगा पल्टिदा बेपत्ता भएका ३ जनाको अझै सम्म पत्तो लाग्न सकेको छैनन् । बिहानैदेखि प्रहरी र स्थानीयले खोजी गरिरहेका भएपनि कुनै अत्तोपत्तो नलागेको इलाका प्रहरी कार्यालय सोल्टाका प्रमुख सई राजेन्द्र कुमाले जानकारी दिए ।

कैलालीको मोहन्याल गाउँपालिका-३ रागा मलेख गाउँबाट नियमित खोप लगाउनका लागि सुर्खेतको चौकुने गाउँपालिका बिजौरा आउन कर्णाली नदिमा डुंगा तर्नेक्रममा डुंगा पल्टिएको थियो । नदिमा डुवेकी २२ बर्षकी धनसरी सलामीको शव हिजो नै फेला परेको छ ।

तर उनीसंगै नदिमा डुवेका ३ जना भने बेपत्ता छन् । सइ कुमालका अनुसार बर्ष २० की पार्वती थापा, बर्ष २२ की उर्मिला सलामी र उनकी दश दिनकी छोरी प्राप्ती सलामी बेपत्ता छन् । दुई जना डुँगा चालक सहित १० जना चढेको डुँगा आइतबार विहान दश बजेतिर कर्णाली नदिमा पल्टिएको हो ।

४ जनाले भने सकुशल ज्यान जोगान सफल भएका छन् । उनीहरु सबै मोहन्याल गाउँपालिका-३ मलेखका बासिन्दा हुन् । स्थानीय र इलाका प्रहरी कार्यालय सोल्टाबाट आएको प्रहरी टोली बिहानै देखि बेपत्ताहरुको खोजी गरिरहेको सइ कुमालले जानकारी दिए ।

 

अझै भेटिएनन् कर्णालीमा बेपत्ता भएका ३ जना

भारतमा कोरोना सङ्क्रमित संख्या स्थिर, ४० हजार

अझै भेटिएनन् कर्णालीमा बेपत्ता भएका ३ जना

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *