भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा ४२४ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा इरानमा ३२ हजार ५००‚ इन्डोनेसियामा ३० हजार ७००, बेलायतमा २४ हजार ४००, रसियामा २२ हजार, अमेरिकामा २१ हजार, टर्कीमा २० हजार ८०० र ब्राजिलमा २० हजार ५०० जना कोरोना संक्रमित फेला परेका छन्। यससँगै विश्वभर ४ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

यो अवधिमा इन्डोनेसियामा १ हजार ६०४, रसियामा ७८९, मेक्सिकोमा ४५० तथा ब्रजिलमा ४४९ सहित विश्वभर ७ हजार १७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट विश्वभर मृत्यु हुनेको कुल संख्या ४३ लाख ३९ हजार ६०० पुगेको छ।

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

इजिप्टमा ८९ अतिवादी मारिए

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

म्यानमार : जुन्ता शासकद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा,

Leave a comment

Your email address will not be published. Required fields are marked *